Posted date:
last date:
सिलबन्दी बोलपत्र आवहानको सूचना
(प्रथम पटक प्रकाशित मिति: २०७८/०४/१४)
जर्मन सरकारको आर्थिक सहायता तथा विकासको लागि संघिय मन्त्रालय (BMZ) को आर्थिक सहयोगमा वेल्टहंगरहिल्फे (WHH) र विकासका लागि ग्रामीण कल्याण तथा कृषि सुधार समूह (फरवार्ड नेपाल) को सहकार्यमा सप्तरी जिल्लाको राजगढ गाउँपालिका र रौतहट जिल्लाको परोहा नगरपालिकामा सञ्चालित “पोषणयुक्त नमूना गाउँ – दोश्रो चरण (NPL 1066-19)” परियोजना क्षेत्रमा कोभिड–१९ दोस्रो लहर संक्रमण रोकथाम र नियन्त्रण गर्ने कार्यमा सहयोगका लागि केही चिकित्सा उपकरण, व्यक्तिगत सुरक्षाका सामाग्री तथा राहत खाद्य सामग्रीहरू खरिद गर्नुपर्ने भएकोले यस परियोजनाबाट जारी गरिएको बोलपत्र नं. FN01/NPL 1066-19 र बोलपत्र नं. FN02/NPL 1066-19 अनुसारका सामाग्रीहरू आपूर्ति गर्न इच्छुक आपूर्ती कर्ता/बिक्रेताहरूबाट रीतपुर्वकको सिलबन्दी बोलपत्र आव्हान गरिन्छ । बोलपत्र फारम, आवश्यक सामग्रीहरूको विवरण तथा बोलपत्र सम्बन्धि थप जानकारी संस्थाको वेवसाईट www.forwardnepal.org/announcements मा दिइएको लिङ्कबाट डाउनलोड गर्न सकिनेछ । यदि उक्त बोलपत्र फारम डाउनलोड गर्न कुनै समस्या भएमा info@forwardnepal.org मा ईमेल गर्न सकिनेछ ।
फरवार्ड नेपाल केन्द्रिय कार्यालय, भरतपुर म.न.पा. २, क्षेत्रपुर, चितवन Email: info@forwardnepal.org Website: www.forwardnepal.org |
परियोजना कार्यालयः पोषणयुक्त नमूना गाउँ परियोजना – दोस्रो चरण (NSV-II) (NPL 1066-19/BMZ/WHH) फरवार्ड नेपाल राजविराज ८, रुपनीरोड, सप्तरी |